NRN
तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध भएको सडक सञ्चालनमा

नारायणघाट-मुग्लिन सडकको तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

आइतबार बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

इच्छाकामना-५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भई आज बिहान ७ बजे सडकमा पल्टिएको थियो ।

दुर्घटनापछि नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

सडकबाट ट्रक हटाइएपछि बाटो दुइतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update