राजसंस्था पुनःस्थापनाको माग गर्दै राजधानीमा राजावादीहरूको मोटरसाइकल र्याली

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले राजधानीमा मोटरसाइकल र्यालीको आयोजना गरेका छन् ।
शुक्रबार राजतन्त्र पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।
मोटरसाइकल र्याली सुकेधारादेखि बल्खुसम्म आयोजना गरिएको थियो ।
आजको र्यालीमा सहभागी हुन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायत पुगेका थिए ।
बिहीबार पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ १५:२९
प्रतिक्रिया दिनुहोस्