शुक्रबार एकैदिन तोलामा १४ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
                        
                        
                                                
                                            -1746769846.jpg) 
                                                                    साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो ।
बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँ पुगेको थियो ।
यसैगरी, बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ११:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    