NRN
बिहीबार नप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा बन्द भएको हो । यसदिन कारोबार रकम भने बढेको छ । 

बुधबार १० अर्ब ५१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब ६५ करोडको कारोबार भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १४ करोड रूपैयाँ वृद्धि भएको हो । आज ३१५ वटा धितोपत्रको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको छ । 

बिहीबार ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ । यसदिन चार कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

बिहीबार नारायणी डेभलपमेन्टको मूल्य सर्वाधिक ७.०६ प्रतिशतले घटेको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ६.३६ प्रतिशतले घटेको छ । 

बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माइ हाइड्रोपावर रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ कम्पनीको मूल्य बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.१६ प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update