NRN
अनिश्चितकालीन जनआन्दोलनको घोषणा

राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । 

बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।

यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् ।

सुवेदीले ‘जनआन्दोलन’ घोषणा गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टलगायत उपस्थित थिए ।

संयोजक सुवेदीले आन्दोलन शान्तिपूर्ण हुने बताए । कुनै दल वा सरकारविरूद्धभन्दा पनि सर्वसत्तावाद अन्त्य गर्न आन्दोलन गर्न लागेको सुवेदीले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update