NRN
जनकपुर क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्छौं

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले खेलकुद क्षेत्रमा पनि विचौलियाको प्रवेश भएको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै झाले जनकपुरधाममा निर्माणको प्रक्रियामा रहेको खेलकुद मैदानका निम्ति वार्षिक तोकिएको भाडा एक्कासि बढाइएकाले त्यहाँ पनि बिचौलिया प्रवेश भएको बताएका हुन् । 

उनले भने, 'खेलकुद परिषदले गुठी संस्थानलाई वार्षिक ९ लाख रूपैयाँ तिर्थ्यो त्यसका लागि हामीले अहिलेसम्म ४ करोड खर्च गरिसक्यौं। तर एक्कासि  खै के कारणले त्यसको भाडादर ४९ लाख ६० हजार बढाइयो । यसमा समृद्ध विचौलिया, समृद्ध दलाल छिरेजस्तो छ ।'

उनले जनकपुरको लक्ष्मीकुटीको नाउँमा रहेको १७ बिघा जमीनमा डिपिआर गरेर साढे २ अर्बको अन्तर्राष्ट्रिय रंगशाला परिकल्पना भएको अवस्थामा रोकिने अवस्था आएको पनि बताए । 

क्रिकेट रंगशाला जनकपुरका युवाहरूको परिकल्पना भएको भन्दै उनले कुनै व्यवधान भए आन्दोलनको सामना गर्नु पर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update