NRN
काठमाण्डौमा ‘एनआरएनए कन्क्लेभ २०२५’ को आयोजना हुने

- राजन घिमिरे

अन्तत: काठमाण्डौमा ‘एनआरएनए कन्क्लेभ २०२५’ को आयोजना हुने पक्का भएको छ । उक्त आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने निश्चित भएको छ ।

'एनआरएनको अधिकार, समृद्धिको आधार' भन्ने मूल नाराका साथ कार्यक्रम बुधवार (मे १४) तारेखका दिन काठमाडौँमा आयोजना हुने छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा समेत दिइसकेको छ ।

प्रधानमन्त्रीसंगको भेटमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघका पदाधिकारीहरूसंगको भेटमा संघलाई सबै नेपालीको साझा संघ बनाउनु पर्ने तर्फ जोड दिन् भएको जानकारी संघका पदाघिकारीहरूले दिए ।

भेटमा संघका अध्यक्ष डा. बद्री केसीले प्रधानमन्त्रीलाई कन्क्लेभको उद्देश्यबारे जानकारी गराएका थिए । उनले एनआरएनए कन्क्लेभ २०२५’ मा गैरावसीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी, श्रम तथा आप्रवासन, पर्यटन प्रवर्द्धन लगायत विषयहरू उठान गरिने जानकारी प्रधानमन्त्री समक्ष गराएका थिए ।

प्रधानमन्त्रीलाई भेट गर्न पुगेका प्रतिनिधिमण्डलमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, एनआरएनए उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह-कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, केन्द्रीय सदस्य  चिरन शर्मा र संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत लगायत थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update