प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।
बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १२:१४
प्रतिक्रिया दिनुहोस्