बिहीबार सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य
                        
                        
                                                
                                             
                                                                    नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो ।
बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।
बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ११:१७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    