बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर,  कतिमा हुँदैछ किनबेच ?
                        
                        
                                                
                                             
                                                                    नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबाको तुलनामा सुन यसदिन प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ११:४२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    