NRN
मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से लगातार पाँच दिन घटेर छैठौं दिन भने सामान्य बढेको हो ।

नेप्से १.०३ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भएको हो । यसदिन कारोबार रकम पनि बढेको छ । 

सोमबार सात अर्ब ६३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार आठ अर्ब ७४ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ११ करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३१८ वटा धितोपत्रको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ वटाको घटेको छ । 

मंगलबार तीन कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स को मूल्य १० प्रतिशत, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

मंगलबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । यस्तै, हिमालयन पावर पार्टनरको मूल्य ५.१८ प्रतिशतले घटेको छ । 

मंगलबार सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । 

यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ । यस्तै, अन्य समूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update