नारायणघाट-बुटवल सडकको दाउन्ने सडक खण्ड अवरुद्ध

नारायणघाट-बुटवल सडकको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ ।
चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
विनयी त्रिवेणी गाउँपालिका-२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।
प्रहरीका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ । राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।
आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट-बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १२:२०
प्रतिक्रिया दिनुहोस्