NRN
सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update