
आइतबार पनि नेप्से परिसूचक घटेको छ । नप्से ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि केही घटेको छ ।
बुधबार नौ अर्ब ३७ करोडको कारोबार भएकोमा आइतबार नौ अर्ब २४ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोड रूपैयाँ कमी आएको हो ।
आज ३२२ वटा धितोपत्रको दुई करोड १९ लाख पाँच हजार ३११ कित्ता सेयर किनबेच भएको छ । आइतबार ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ ।
यसदिन नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ भने अपर सोलु हाइड्रोको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
आइतबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६२१ रूपैयाँ ९० पैसामा झरेको छ ।
आइतबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले घटेको छ ।