प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
यसअघिका ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई देउवाको सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च अधिकारी उपस्थित थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ १३:४३
प्रतिक्रिया दिनुहोस्