एमाले सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे हुने बताइएको छ ।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्