NRN
आइतबार सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ८४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ ।

शुक्रबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update