NRN
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारका नीति तथा कार्यक्रम शुक्रबारको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गरेका हुन् ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ ।

बैशाख २२ गतेदेखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ । त्यसपछि वैशाख ३० गतेदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुनेछ, जसलाई प्रि-बजेट छलफलको रूपमा लिइनेछ । 

नेपालको संविधानअनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमार्फत सरकारको बजेट प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update