नेपाल विद्यालय कर्मचारीद्वारा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक
-1746168293.jpg)
नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले आन्दोलन परिचालन समिति गठन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ ।
सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १२:३१
प्रतिक्रिया दिनुहोस्