शुक्रबार चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यसैगरी, बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ ११:४२
प्रतिक्रिया दिनुहोस्