NRN
जसपा नेतृले पड्काएको पेस्तोल बरामद

जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोल सर्लाहीको मलंगवामा बरामद भएको छ । मलंगवा नगरपालिका-२ का अन्जनी कुमारको घरबाट पेस्तोल बरामद गरिएको हो ।

पेस्तोल भेटिएको घरका घरधनी अन्जनीलाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्जनीले वसन्त कुमारको छोरी कोमल सुप्रियाको हल्दी रेशममा बबीले त्यो पेस्तोल बोकेर डान्स गरेको बयान दिएका छन् ।

नेृत सिंहले १२ वैशाखमा पेस्तोल पड्काउँदै नाचेको खुलेपछि सर्लाही प्रहरीले उक्त पेस्तोल बरामद गरेर अनुसन्धान अघि बढाएको छ । 

उक्त पेस्तोलबाट फायर हुने भन्दा पनि ग्यास मात्रै पड्किने किसिमको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ ।

पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update