NRN
जसपा नेत्रीको पेस्तोल डान्स- सोधपुछका लागि प्रहरीले बोलायो

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेता डा. बबिसिंह यादवलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

सामाजिक सञ्जालमा उनले 'पेस्तोल' पड्काउँदै नाचेको भिडिओ सार्वजनिक भएपछि सप्तरी प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले भिडिओ सार्वजनिक भएपछि त्यसबारे बुझ्न उनलाई बोलाइएको जानकारी दिए । अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिनसकेको उनले बताए ।

बुधबार सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

डा. सिंह पार्टीकी केन्द्रीय सदस्य हुन् । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update