बिहीबार एकैदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घट्यो सुनको मूल्य
-1746077364.jpg)
नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा यसदिन सुनको मूल्य प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो ।
बुधबार सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो ।
बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ ११:१५
प्रतिक्रिया दिनुहोस्