NRN
सहकारी तथा लघुवित्त पीडितहरूको काठमाडौंमा अर्धनग्न जुलुस

सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।

सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा सोमबार दिउँसो माइतीघर मण्डलामा उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।

उनीहरूले एक खालका कालो कपडा लगाएर सरकारको विरोध प्रदर्शनी गरे । सहकारी पीडितले दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । 

उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारासमेत लगाएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update