-1744799856.jpg)
बुधबार पनि नेप्से परिसूचक बढेको छ । मंगलबारदेखि बढ्न सुरू गरेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो ।
नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा बन्द भएको हो । यसदिन कारोबार रकम भने घटेको छ ।
मंगलबार आठ अर्ब ५४ करोडको सेयर कारोबार भएकोमा बुधबार सात अर्ब २६ करोडको कारोबार भएको छ । यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब २८ करोड रूपैयाँ कमी आएको हो ।
आज ३२९ वटा धितोपत्रको एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर किनबेच भएको छ । बुधबार १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटाको घटेको छ । यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
बुधबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ३१३ रूपैयाँ ६० पैसामा ५९ करोड ४१ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ५३० रूपैयाँ ७० पैसामा ५० करोड ७२ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको छ ।