NRN
सभामुख घिमिरे आईपीयूको १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै

सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदैछन् । सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली यही चैत २० गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ ।

टोलीमा प्रमुख चार राजनीतिक दलबाट एक/एक जना सदस्य छन् । जसमा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद सोविता गौतम सभामुखसँगै छन् ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीमा हुनेछन् ।

दुई हप्ता लामो भ्रमण सकी टोलीको आगामी वैशाख २ गते मात्र स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update