NRN
आज (सोमबार) बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आइतबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update