NRN
प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी ७ बर्षमा पुग्यो, युकेको  विद्यार्थीलाई ल्यापटप उपहार

- राजन घिमिरे

उच्च शिक्षा अध्ययन गर्न बिदेश जान चाहने बिध्यार्थीहरूको बिश्वास जित्दै आएको शैक्षिक परामर्शदाता हो प्रोफाईल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी ‘पीआईइसी’ । अब यो संस्था ७ बर्षको भएको छ ।

यो बीचमा यो संस्थाले कमाएको नाम र हात पारेको बिश्वास सांच्चै लोभ लाग्दो छ -‘ यो सब हामी माथि बिध्यार्थीहरूले गर्नु भएको बिश्वास र भरको परिणाम हो -‘ सस्थाका नितेश उप्रेतीले भने ।

यसै गरी पीआईइसीका अध्यक्ष नवराज प्रसाईंले यो ७ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै स्थापना दिवसको अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, कलेज र विश्वविद्यालय र सरोकारवाला सबैलाई धन्यवाद दिएका छन् ।

यो यात्रामा पीआईइसीले प्राप्त गरेको सफलता कलेज र विश्वविद्यालय, विद्यार्थी तथा अभिभावकबाट प्राप्त माया अनि विश्वास नै सबै भन्दा ठूलो कमाई हो,’ उनले भने, ‘आगामी दिनमा पनि सबैबाट यस्तै साथ सहयोग र हौसला प्राप्त गर्ने विश्वास लिंदै अझै गुणस्तरीय परामर्श सेवाको लागि हामी प्रतिवद्ध छौं ।’

पीआईइसीले ७ औं वार्षिकोत्सवको अवसरमा युके अध्ययनको लागि भिसा लागेका विद्यार्थीलाई एउटा ल्यापटप उपहार दिने जानकारी दिइएको छ । योसंगै ७ बर्ष को यात्रा सफलताका साथ पुरा गरेको अबसरमा संस्थाले आईईएलटिएस र पीटीई तयारी कक्षामा ५० प्रतिशत छुटसहित विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ ।

पीआईइसीले युकेसहित अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपलगायतका मुलुकमा जान चाहने विद्यार्थीलाईसमेत शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update