चाँदीको मूल्य घट्दा आज पनि सुनको मूल्य स्थिर

नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
आइतबारदेखि स्थिर रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्