NRN
ओखलढुंगामा टाटा सुमो दुर्घटना,  तीन जनाको मृत्यु

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना भएको छ ।

बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो १०० मिटर तल खोला किनार खसेको हो ।

दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।चालकको अवस्थाबारे पनि बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

आगोले जलेर गम्भीर घाइते भएकी मायादेवीलाई उपचारका लागि खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको गाडी थियो ।

घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update