एकैदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
-1737955015.jpg)
नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यसदिन एक हजार चार सय रूपैयाँ बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ ११:२१
प्रतिक्रिया दिनुहोस्