नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बस्ने छ ।
यसअघि गत माघ २ गतेको पदाधिकारी बैठकमा उपाध्यक्ष पम्फा भुसालले नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।
उक्त प्रस्तावबारे मंगलबारको बैठकमा छलफल गर्ने र नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा नेताहरूको कार्यविभाजनसहित पछिल्ला समसामयिक विषयमा छलफल हुने प्रचण्ड सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १२:३०
प्रतिक्रिया दिनुहोस्