NRN
सोमबार सुनको मूल्य सामान्य घट्दा चाँदी स्थिर

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ ।

आइतबार प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update