-1737281402.jpg)
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा बन्द भएको हो ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ९२ करोडको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब २५ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३३ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३२५ वटा धितोपत्रको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच भएको हो ।
आइतबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ । यस्तै, चार कम्पनीको मूल्य स्थिर रहेको छ ।
आइतबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १३९ रूपैयाँ ९० पैसामा २६ करोड ८५ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.६६ प्रतिशत घटेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सुपर मादी हाइड्रोपावर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको बढेको छ ।