NRN
नेप्सेमा मंगलबार सामान्य अंकको गिरावट,  २६६९.८२ विन्दुमा पुगेर बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य अंकको गिरावट भएको छ । 

आज नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा बन्द भएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

गत कारोबार दिन अर्थात् सोमबार पाँच अर्ब ६२ करोडको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ४१ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २१ करोड रूपैयाँ कमी आएको हो ।

आज ३०३ वटा धितोपत्रको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको हो ।

मंगलबारको कारोबारमा ८५ कम्पनीको शेयरमूल्य बढ्दा १४८ को घट्यो । १० कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माइ हाइड्रोपावर रहेको । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update