NRN
कास्की हिरासतमा रहेका पूर्वडिआइजी जोशीलाई पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

कास्की हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशीलाई पर्सा लगिएको छ । 

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई आइतबार बेलुकी पोखराबाट पर्सा लगिएको हो ।

पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको बचत रकम अपचनल गरेको कसुरमा अनुसन्धान गर्न जोशीलाई पर्सा लगिएको हो ।

उनलाई सरकारी वकिलको कार्यालय पर्सामा बयान लिनका लागि लगिएको प्रहरीले जानकारी दिए । उनीहरूको बयान सकेपछि रास्वपा सभापति रवि लामिछानेलाई पनि बयानका लागि लग्ने प्रहरीको तयारी छ ।

मंसिर १९ गते जिल्ला अदालत पर्साबाट लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो ।

सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको एक अर्ब ४५ करोड बढी बचत रकममध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update