NRN
अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भूटानी नरेश स्वदेश फिर्ता

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्किएका छन् ।

उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी हुन् ।

भारतबाट स्वदेश फर्कने क्रममा आज बिहान काठमाडौं आएका नरेशले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update