अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित
                        
                        
                                                
                                                    
                                नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित भएको छ ।
                            
                                             
                                                                    नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठक २३ र २४ गते हुने भनिएको सम्मेलन अनिश्चितकालको लागि स्थगित गर्ने निर्णय गरेको हो ।
असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि मंसिर २३ र २४ गतेसम्मलाई तोकिएको थियो ।
निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिको छानविन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १४:००
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    