ललितपुरमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते
                        
                        
                                                
                                            -1714890676.jpeg) 
                                                                    ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । आइतबार ललितपुर महानगरपालिका–१७ स्थित मोबिल स्टोर भएको टहरोमा आलगागी हुँदा पाँच जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते भएकाहरुमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरुको शरीरको विभिन्न भाग जलेको र उद्धार गरेर उपचारका लागि किस्ट अस्पताल पठाइएको छ ।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:१६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


_AYZwJBlPWp-1761894915.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    