डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु
                        
                        
                                                
                                            -1714538468.jpeg) 
                                                                    गोदावरी नगरपालिका–४, बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा शङ्कर र रमेश पहरी गम्भीर घाइते भएका थिए । डढेलोमा फसेका १५ जनाको मङ्गलबार उद्धार गरिएको थियो ।
घाइते भएका शङ्कर पहरीको भने मङ्गलबार मृत्यु भएको थियो । वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन ।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको गरिएकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:२६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


_AYZwJBlPWp-1761894915.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    