दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा अल थानी
                        
                        
                                                
                                             
                                                                    कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं उत्रिएका थानी स्वदेश फर्किएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर कतारी अमिरलाई बिदाइ गरेका हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई विमानस्थलमा राष्ट्रपति पौडेलले नै स्वागत गरेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:४२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


_AYZwJBlPWp-1761894915.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    