नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर
                        
                        
                                                
                                             
                                                                    नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।
बुधबार होटल सोल्टीमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको भेटवार्तापछि समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।
दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी र सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:३३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


_AYZwJBlPWp-1761894915.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    