होटल सोल्टीमा कतारी अमिर अल थानी र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता
                        
                        
                                                
                                                    
                                नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।
                            
                                             
                                                                    नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।
काठमाडौंको होटल सोल्टीमा कतारी अमिर अल थानी र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । उनीहरूबीच अहिले वा टु वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हाे ।
वार्तामा नेपाल-कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल मुख्य एजेण्डा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
आजै कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले होटल द्वारिका दिवाभोजको आयोजना गरेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:२७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


_AYZwJBlPWp-1761894915.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    