एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
                        
                        
                                                
                                             
                                                                    अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएका लामा पक्राउ परेका हुन् ।
तत्कालीन पुनरावेदन अदालत पाटनले लामालाई २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:५६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


_AYZwJBlPWp-1761894915.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    