पोखरा औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा
                        
                        
                                                
                                             
                                                                    कास्की जिल्लाको पोखरा सहरलाई औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पोखरा महोत्सवको अवसरमा भएकाे एक कार्यक्रमका बीच पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।
पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजधानीको रूपमा नेपाल सरकारबाट घोषणा भएको हो ।
गण्डकी प्रदेशका विभिन्न क्षेत्रका सांस्कृतिक कार्यक्रम झाकी प्रदर्शन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:३४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    