कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु
                        
                        
                                                
                                             
                                                                    कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ ।
मंगलबार बिहान ५ बजेतिर महाबुल्ला क्षेत्रको सिसाइड रोडमा भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् । तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे ।
कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    