चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
                        
                        
                                                
                                             
                                                                    पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका–३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर रहेको प्रहरीले जानकारी दिएको छ ।
थापा विहान १० बजे नै अस्पतालमा उपचारका लागि पुगेका थिए । तर लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेकाले बहिरंग सेवाको टिकट काट्नेहरुको लामो लाइन रहेको थियो ।
मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका लाइनमा बसेका बेला अचानक ढलेको प्रहरी जानकारी दिएको छ । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिएका छन् । उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको ज्ञवाली जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:५०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    