नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनित
                        
                        
                                                
                                             
                                                                    नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सांसद सुनिता बराल मनोनित भएका छन् । बर्तौला यसअघि सचेतक रहेका थिए ।
संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् । बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:३३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    