आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९५ करोड बजेट
सरकारले आगामी प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगलाई झण्डै ५ अर्ब रुपैयाँ बजेट दिने भएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले आयोगले मागेको बजेटमा घटाएर ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको हो ।
थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको छ ।
आयोगका अनुसार संविधानसभा निर्वाचनपछि २०७४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ५ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको थियो ।
यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्

