अनेरास्ववियुको सचिवालय सदस्यमा बिहानी पंगेनी निर्विरोध निर्वाचित

बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।
काठमाडौं, कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औं राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि पंगेनी निर्विरोध भएकी हुन् ।
बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन् । विहानी गायक बद्री पंगेनीकी छोरी हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ १६:३८
प्रतिक्रिया दिनुहोस्